• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

गृहमन्त्रीका सल्लाहकारको कार्यालय प्रहरी मुख्यालयमा

१० भाद्र २०७४, शनिबार ०५:५०
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१० भाद्र २०७४, शनिबार ०५:५०
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१० भाद्र २०७४, शनिबार ०५:५०
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१० भाद्र २०७४, शनिबार ०५:५०
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१० भाद्र २०७४, शनिबार ०५:५०
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

१० भाद्र २०७४, शनिबार ०५:५०
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१० भाद्र २०७४, शनिबार ०५:५०
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१० भाद्र २०७४, शनिबार ०५:५०

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

१० भाद्र २०७४, शनिबार ०५:५०

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

१० भाद्र २०७४, शनिबार ०५:५०

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

१० भाद्र २०७४, शनिबार ०५:५०

करले होइन, रहरले गरिन्छ बिहे …

१० भाद्र २०७४, शनिबार ०५:५०

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

१० भाद्र २०७४, शनिबार ०५:५०
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, March 22, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

गृहमन्त्रीका सल्लाहकारको कार्यालय प्रहरी मुख्यालयमा

by NewsDesk
१० भाद्र २०७४, शनिबार ०५:५०
in देश, राजनीति
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- गृह मन्त्रालयले राज्यमन्त्रीस्तरीय सुविधासहित गृहमन्त्री जनार्दन शर्मालाई आन्तरिक सुरक्षासम्बन्धी सल्लाह दिन नियुक्त गरेका पूर्वएआइजी सुरेन्द्रबहादुर शाहको सचिवालय प्रहरी प्रधान कार्यालयमा खडा गरेको छ।

गृहमन्त्रीको सुरक्षाविज्ञका रुपमा नियुक्त पूर्वएआइजी सुरेन्द्रबहादुर शाहले प्रहरी प्रशासनको दैनिक कामकाजमा पनि चासो राख्न थाले।

यसअघि गृहमन्त्रीलाई सघाउन नियुक्त भएका सल्लाहकारले प्रहरी कर्मचारी पाउँदैनथे। ६ महिनाअघि एआइजीबाट अवकाश पाएका शाह विज्ञका रुपमा नियुक्त भएपछि उनको कार्यालयमा काम गर्नेगरी एसएसपीको कमान्डमा प्रहरी प्रधान कार्यालयभित्रै कार्यालय खोलिएको हो।

प्रहरी नेतृत्वले गृहमन्त्रीलाई सल्लाह दिन नियुक्त विज्ञका सहयोगी गृहमै बसेर काम गर्दा राम्रो हुने सुझाव दिए पनि मन्त्रालयमा बस्ने स्थान नभएको भन्दै प्रहरी प्रधान कार्यालयभित्र ती सल्लाहकारको कार्यालय खडा गरिएको हो। मन्त्रालय स्रोतका अनुसार गृहमा कोठा अभाव छैन।

शाहलाई मन्त्रिपरिषद्ले साउन १२ मा सुरक्षाविज्ञमा मनोनीत गरेको थियो। उनी गृहमन्त्रालयभित्रै बस्छन्। गृहको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले उनको सहयोगीका रुपमा खटाएका एसएसपी केदार रिजाल, एसपी मनोजकुमार केसी र डिएसपी शिवकुमार श्रेष्ठ प्रहरी प्रधान कार्यालयभित्र रहेको सेतो भवनमा कार्यालय खोलेर बसेका छन्।

गृहले शाहको सहयोगीका रुपमा एसएसपी शैलेश थापालाई खटाउन चाहेको थियो। तर उनले गृहमन्त्रीको सुरक्षाविज्ञको कार्यालयमा जान इच्छा नदेखाएपछि  रिजाललाई पठाइएको हो।

स्रोतका अनुसार प्रहरी संग्रहालय रहेको भवनमा शाहका सहयोगीको कार्यालय छ। सो कार्यालयमा शाहका लागिसमेत कोठा व्यवस्था गरिए पनि उनी भने अहिलेसम्म गएका छैनन्। उनी गृहमै बसेर काम गर्छन्। उनको सहयोगमा खटिएका प्रहरी अधिकारी प्रधान कार्यालयभिभित्र रहेको कार्यालयमा बसेर काम गर्छन्।

सुरक्षाविज्ञ शाहले मन्त्रालयले सहयोगीका रुपमा खटाएका प्रहरी कर्मचारी जसको जहाँ दरबन्दी हो त्यही कार्यरत रहेको र प्रहरी प्रधान कार्यालयभित्र आफ्नो सहयोगीको छुट्टै कार्यालय नभएको दाबी गरे। ‘म गृहमै काम गरिरहेको छु, सहयोगी उनीहरू कार्यरत कार्यालयमै छन्,’ शाहले दाबी गरे, ‘उनीहरू छुट्टै कार्यालय बनाएर बसेको जानाकारी छैन।’

उनले आफ्नो सहयोगमा खटाइएका प्रहरी कर्मचारी पुरानै कार्यालयमा रहेको दाबी गरे पनि उनीहरू दरबन्दी रहेको कार्यालयमा भेटिन्नन्। तीनैजना प्रहरी अधिकारी सहयोगी टोलीसहित सेतो भवनमा कार्यालय खोलेर बसिसकेका छन्।

गृहमन्त्रीलाई सल्लाह दिन प्रहरी कर्मचारी किन चाहियो भन्ने जिज्ञासामा शाहले गृहमन्त्रीले सार्वजनिक गरेको ८४बुँदे मार्गचित्र कार्यान्वयनमा सघाउन सहयोगी लिएको दाबी गरे।

तर गृहमन्त्री शर्माले सार्वजनिक गरेको मार्गचित्रमा प्रहरीसम्बन्धी योजना मात्रै छैन। मार्गचित्रमा गृह प्रशासन, अध्यागमन, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरीमा सुधारसम्बन्धी योजना छ। उनका सहयोगीका रुपमा गृहले प्रहरीलाई मात्रै खटाएको छ।

यसअघिका गृहमन्त्री विमलेन्द्र निधिले सञ्चार सहयोगी राखे पनि सुरक्षाविज्ञ नियुक्त गरेका थिएनन्। वामदेव गौतमले गृहमन्त्री हुँदा उनले एमाले वरिष्ठ नेता प्रदीप नेपाललाई सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गरेका थिए। नेपालको कार्यालय गृहमै थियो भने उनलाई सघाउन कुनै प्रहरी कर्मचारीलाई औपचारिकरुपमा परिचालन गरिएको थिएन। शाह विज्ञका रुपमा नियुक्त भएसँगै उनको कार्यालयमा एसएसपीको कमान्डमा कर्मचारी खटाउन गृहबाट मौखिक निर्देशन आएको थियो।

प्रहरी नेतृत्वले लिखित भए सहज हुने बताएपछि गृहमा रहेको कर्मचारी प्रशासन शाखाले शाहको कार्यालयमा काम गर्नका लागि प्रहरी कर्मचारीको नामसहित प्रधान कार्यालयमा पत्र पठाएको थियो। शाखाका शाखा अधिकृत छविलाल विकको हस्ताक्षर रहेको पत्रमा ‘गृहमन्त्रीका विज्ञका रुपमा शाहलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको जानकारी दिँदै उनको कार्यालयमा  कामकाज गर्नेगरी प्रहरी कर्मचारी खटाउन’ आदेश अनुसार अनुरोध गरिएको उल्लेख छ।

सेवामा रहँदा शाह प्रहरी नेतृत्वका लागि दाबेदारसमेत थिए। सरकारले शाहकै व्याचका उपेन्द्रकान्त अर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि उनले एआइजीबाट अवकाश पाएका थिए।

गृहमन्त्रीको सुरक्षाविज्ञका रुपमा नियुक्त शाहले प्रहरी प्रशासनको दैनिक कामकाजमा पनि चासो राख्ने गरेको मन्त्रालयका एक अधिकारीले बताए। एआइजी, डिआइजी, एसएसपी, एसपी र डिएसपी सरुवामा उनको प्रभाव परेको ती अधिकारीले बताए। ‘लामो समय प्रहरी संगठनमा काम गरेकाले होला सुरक्षासम्बन्धी सल्लाह दिने भने पनि प्रहरीको आन्तरिक प्रशासनबारे उहाँमा बढी नै चासो देखिन्छ,’ ती अधिकारीले भने, ‘सायद त्यसैलाई सघाउन हेडक्वाटरमै कार्यालय राखिएको होला।’

गृहमा काज सरुवा आतंक

सामान्यतया सरुवाको १२ महिनाअघि सरकारी कर्मचारीको सरुवा नहुने भए पनि गृह प्रशासन काज सरुवा निकाल्न सक्रिय छ। साउन २६ मा ३१ कर्मचारीको काज सरुवा निकालेको गृह प्रशासनले बिहीबार पुनः  २२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ४४ कर्मचारीको काज सरुवा निकालेको छ।

सरुवा र बढुवा नियमावली र पद्धति अनुसार हुनुपर्ने भए पनि गृहमन्त्री जनार्दन शर्माले आफूअनुकूल कर्मचारीको छनोट गरी आकर्षक जिल्ला चयन गरी काज सरुवा निकालेका हुन्।

गृहले २ नम्बर प्रदेशमा निर्वाचन आचारसंहिता लागू हुनुअघि त्यस क्षेत्रका जिल्ला प्रशासन कार्यालयका प्रमुखको काज सरुवा निकालेको थियो। सोही सरुवामा तीन महिनाअघि काठमाडौंमा बालकृष्ण पन्थीको समेत सरुवा भएको थियो।

गृहमा रहेका चक्रबहादुर बुढालाई मकवानपुर, आमान तामाङलाई सिन्धुपाल्चोक, सीताराम कार्कीलाई सुर्खेत, चन्द्रमान श्रेष्ठलाई उदयपुर र नारायणप्रसाद भट्टराईलाई बर्दियामा काज सरुवा गरिएको छ। सुर्खेतका महादेव पन्थ ललितपुरमा आएका छन्। कास्कीका विष्णु पोखरेल इलाम, बर्दियाका विष्णुकुमार थापा बागलुङ, जनकराज दाहाल इलामबाट गृह, मदन भुजेल प्रहरी किताबखानाबाट कपिलबस्तु, नारायणप्रसाद दुवाडी मकवानपुरबाट गृहमा आएका छन्।

द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी रहने जिल्ल्ाा जुम्लामा गृहका विष्णु पौडेल, रामेछापममा दिलीप लामिछाने, दैलेखमा विश्वराज न्यौपाने, कालिकोटमा बद्रीनाथ गैरेको सरुवा भएको छ। त्यस्तै सिद्धराज जोशी वैतडी, चेतराज बराल भोजपुर, लक्ष्मीदेवी गुरागाई पाँचथर, हरि पन्त मनाङ, पुष्पराज शाही जाजरकोट, एकदेव अधिकारी खोटाङ, किशोर चौधरी अछाम, जयप्रसाद घिमिरे पर्सामा सरुवा भएका छन्। काठमाडौंमा श्यामकुमार सिंह, पर्सामा अरुण पोखरेल र भक्तपुरमा जयप्रसाद घिमिरे  सहायक प्रमुख जिल्ला अधिकारी भएका छन्।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

by Sandesh Nepal
१० भाद्र २०७४, शनिबार ०५:५०
0

तिमिले गोडाफाट भन्यौ मैले गोडा फाटे सतर्क भन्यौ म सतर्क बने अगाडि बढ भन्यौ ,म अगाडि बढे पछाडि हट भन्यौ...

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

by NewsDesk
१० भाद्र २०७४, शनिबार ०५:५०
0

https://youtu.be/Kf6pAM2zGgg

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

by NewsDesk
१० भाद्र २०७४, शनिबार ०५:५०
0

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा २ का गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा आफ्नो प्रतिस्पर्धी नै नभएको...

एमाले नेताले रामकुमारी झाक्रीलाई भोट माग्दै … के हुँदैछ गुल्मीमा ?

by NewsDesk
१० भाद्र २०७४, शनिबार ०५:५०
0

नेकपा एमालेका गुल्मी जिल्ला सचिवालय सदस्य शेषकान्त गौतमले एमाले परित्याग गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१० भाद्र २०७४, शनिबार ०५:५०
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१० भाद्र २०७४, शनिबार ०५:५०
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१० भाद्र २०७४, शनिबार ०५:५०

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१० भाद्र २०७४, शनिबार ०५:५०
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१० भाद्र २०७४, शनिबार ०५:५०
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१० भाद्र २०७४, शनिबार ०५:५०
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?