कुश्मा : पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफाका सहायक पुजारीको शंस्कास्पद मृत्यु भएको छ ।
जिल्लाको जलजला गाउँपालिकाको लेकफाँट घर भएका अन्दाजी ५० वर्षीय गिरीधारी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार उनको शव गुफा परिसरमा भेटिएको हो । शर्माको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। घिमिरेले अनुसन्धानपछि मात्रै हत्या, आत्महत्या वा स्वभाविक मृत्यु हो भन्ने बारेमा बताउन सकिने बताए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।