एजेन्सी। कोलम्बियामा एउटा निकै आश्चर्यजनक घटना भयो । यहाँकी एक महिलाको गर्भ रहेको ९ महिना पुगेपछि बच्चा जन्मिने दिन नै अपहरण भयो । त्यसपछि अपहरणकारीहरुले पेट काटेर बच्चा निकाले । यो सबै कुरा ती महिलाले सुनाएका मनगढन्ते कुराहरु हुन् । तर ती महिलाले यिनै मनगढन्ते कुराले आफ्ना ब्वाइफ्रेण्ड र उनको पूरै परिवारलाई कति मजाले झुक्याइन् भन्ने कुरा निकै आश्चर्यजनक छ ।
ती महिलाले सुरुमा आफ्ना ब्वाइफ्रेण्डलाई आफू गर्भवती भएको बताइन् । तर, ९ महिना पूरा भएपछि बच्चा जन्मिने दिन अचानक ती महिलाको अपहरण भयो । पछि भेटिएकी महिलाले भनिन् कि अपहरण गर्ने गुण्डाहरुले उनको पेट काटेर बच्चा निकाले । पेट काटेको भनेर झुट बोल्नु उनको लागि निकै भारी पर्यो । मेडिकल टेस्टमा यस्तो केही पनि देखिएन जसले यो कुरा सत्य सावित होस् कि महिला गर्भवती थइन् र उनको पेट काटिएको थियो । यो सबै उनले यसकारण गरेकी थिइन् कि उनका ब्वाइफ्रेण्ड उनलाई छोडेर नजाउन् ।
ब्रेंक्विलाकी एन्टोनेला मिलेनालाई आफ्ना ब्वाइफ्रेण्ड भिक्टरलाई गुमाउनुपर्छ कि भन्ने डरले सताइरहनथ्यो । यही कारण उनले ब्वाइफ्रेण्डलाई नगुमाउन एउटा लामो नाटक रचिन् । मिलेनाले पहिले भिक्टरलाई आफू गर्भवती भएको झुटो खबर दिइन् । त्यसपछि उनको यो नाटक पूरै ९ महिनासम्म चलिरह्यो । यस क्रममा उनले गर्भावस्थाका बेला हुने समस्याको पनि नाटक गरिन् । मिलेना दिनहुँजसो उल्टी हुने चक्कर लाग्ने जस्ता शिकायत गरिरहन्थिन् । यसका अलावा उनी अमिलो पिरो खानेकुरा खान मागिरहन्थिन् ताकि कसैलाई शंका नहोस् ।
भिक्टरलाई केही गडबडी भएको पनि लागेको थिएन । सबथोक सामान्य चलिरहेको थियो । उनी जीवनमा पहिलोपटक पिता बन्दै थिए र उनी निकै उत्साहित थिए । ९ महिना यो नाटक चलिरह्यो । जब सुत्केरी हुने दिन आयो मिलेनाले भिक्टरलाई ११ बजे निश्चित ठाउँमा आफूलाई लिन आउन भनिन् ताकि उनीहरु अस्पताल जान सकुन् । भिक्टर लिन गए तर मिलेना त्यहाँ थिइनन् । त्यसपछि उनले आफ्नो अपहरणको कहानी रचिन् । उनले भनिन् कि मानव अंग तस्करीको धन्दा गर्ने गिरोहले उनको बाटोबाटै अपहरण गर्यो र उनको पेट काटेर बच्चा निकाल्यो ।
मिलेनाले भनिन् त्यसपछि ग्याङले उनलाई कोर्डियालीदाद पुलमा लगेर छोडिदिए । यहाँ उनी एक अन्जान व्यक्तिको सहयोग लिएर आफूसँगै काम गर्ने साथीको घर पुगिन् । त्यहाँबाट चर्च पुगेर भिक्टरलाई खबर गरिन् । मिलेनाले आफू हराएको १२ घण्टापछि भिक्टरलाई आफ्नो मद्दतका लागि बोलाइन् र यो पूरै कहानी सुनाइन् । त्यसपछि भिक्टरले तुरुन्तै यसबारे प्रहरीलाई खबर गरे ।
तर, पेट काटिएको कुरा भन्नु मिलेनाको लागि निकै भारी पर्यो । ब्वाइफ्रेण्डको दबाबमा उनी अस्पताल जानु परेपछि सबै झुटको पोल खुल्यो । डाक्टरले परीक्षणपछि प्रस्ट भने कि न त उनी कुनै चक्कुको चोटको सामना गरिरहेकी छिन् त उनी बितेका दिनमा गर्भवती थिइन् । उता उजुरी परेपछि अनुसन्धान थालेको प्रहरीले उनीमाथि सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको अभियोग लगाइ कारवाही अगाडि बढाएको छ । अर्कोतर्फ झुटो कहानी खुलेपछि भिक्टरले पनि मिलेनासँग नाता तोडेका छन् ।
चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?
चिप्ले किरा खाँदाका फाइदाबारे जानौ पहाडी गाउँघरमा जहाँ तागतिलो तथा पोषिलो खानेकुरा कम हुन्छन तर श्रम अन्य ठाउँमा भन्दा बढी...