खोटाङ । ढुङ्गाखानीमा पुरिएर गम्भीर घाइते बनेका रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका जीवन श्रेष्ठको जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा आज साँझ मृत्यु भएको छ ।
सोल्मास्थित मध्यपहाडी लोकमार्गमा पर्ने सडकमाथि रहेको खानीबाट ढुङ्गा झिक्ने क्रममा श्रेष्ठलाई आज अपराह्न खानीमाथिबाट झरेको ढुङ्गाले पुरेपछि उद्धार गरी अस्पताल पु¥याइएकामा उपचारका क्रममा मृत्यु भएको वडा सदस्य अमर श्रेष्ठले बताए ।