काठमाडौं । नेपालमा पछिल्लो समय जातिय राजनीतिक बिऊ विजारोपण गरिएको छ । सयौँ जातको फुलबारी रहेको यो देशमा यदि जातिय दुस्मनीको बखेडा झिकियो भने के होला ? सबैको त्रासको विषय हो । यही जातिय बैमनष्यताले दक्षिण सुडानमा बारम्बार झडप, हत्या, मारकाट भइरहेको छ । भर्खरै जोङले राज्यमा दुई समुदायबीच झडप हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।
एक गाउँको नामाकरण गर्ने विषयमा विवाद हुँदा यति ठूलो मानवीय क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । जोङले राज्यका सूचना मन्त्री जाकोब अकेच डेङले एउटा ठाँउको नाम परिवर्तन गर्ने विषयलाई लिएर भएको झडपमा उनीहरूको मृत्यु भएको बताएका छन् । पानविल भन्ने ठाँउको नाम एउटा समुदायले त्यही राख्नुपर्ने अडान राखेको छ भने अर्को समूहले त्यसको नाम परिवर्तन गरेर एन्युट राख्नुपर्ने माग गरेको छ । जोङले राज्यमा लामो समयदेखि जातीय दङ्गा हुँदै आइरहेकाले धेरै हिंसात्मक घटनाहरू भएका छन् । गत महिना भएको जातीय हिंसामा परी ५० जनाको मृत्यु भएको थियो ।