काभ्रे,माघ २३ – माघ ९ गतदेखि काठमाडौँ विश्वविद्यालय केयुको प्रशासनिक कक्ष र विभिन्न विभागमा तालाबन्दी खोल्न ४८ घण्टे अल्टिमेटम दिएका छन् । विद्यार्थी कल्याण परिषद्को निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा बन्द भएको ताला खोल्न आम विद्यार्थीहरुले विज्ञप्ती निकालेर २४ घण्टे अल्टिमेटम दिएका हुन् ।
तालाबन्दी भएपछि विद्यार्थीले दबाब दिनका लागि विश्वविद्यालयको मूलद्वारामा बसेर नै पढाइ गरेका छन् । स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्सका झन्डै सय विद्यार्थीले साङ्केतिक रुपमा विरोधस्वरुप एक घन्टा केयु गेटमा अध्ययन गर्दै आएका थिए । उनीहरुले ‘पढ्ने वातावरण बनाउँ’ भन्दै विरोध गर्दै आएका छन् । सो तालाबन्दी अनेरास्ववियुको नेतृत्वमा भएको थियो । तालाबन्दी खोल्ने विषयमा भएका पटकपटकका वार्ता असफल भएका छन् । माघ ९ गतदेखि केयुको प्रशासनिक कक्ष र विभिन्न विभागमा तालाबन्दी भएको थियो ।