७ कात्तिक, सप्तरी । कक्षा ८ मा अध्ययनरत किशोरीलाई प्रलोभन देखाएर भगाउने युवकसँगै उनका उनका अभिभावक र भगाउन सहयोग गर्नेलाई जरिवाना तिराइएको छ ।
घट्ना सप्तरीको डाक्नेश्वरी नगरपालिकाको हो । नगरपालिकाको वडा नम्बर ६ कटैयाकी किशोरीलाई स्थानीय युवकले विवाह गर्ने प्रलोभन देखाएर भगाएका थिए । स्थानीय शत्रुधन रामका २२ बर्षीय छोरा मुकेशले मावि कटैयाको कक्षा ८ मा अध्ययनरत १७ बर्षीया किशोरीलाई विवाह गर्ने भन्दै १० दिन अगाडि भगाएका थिए । किशोरी र युवक वेपत्ता भएपछि दुबैको खोजबिन गरेका थिए ।
खोजबिनका क्रममा दुबैलाई भेट्टाएपछि इलाका प्रहरी कार्यालय पातोलाई जानकारी गराएका थिए । प्रहरीलाई जानकारी गराए पश्चात बसेको गाउँलेहरुको पञ्चायतीले किशोरी भगाउने मुकेशलाई रु ५१ हजार जरिवाना तिराइएको छ ।
मुकेशका पिता शत्रुद्यनलाई गाउँलेहरुले १ हजार र किशोरी भगाउन सहयोग गर्ने सोही ठाउँका अगमलाल रामका छोरा १७ बर्षीय रन्दीप रामलाई ७ हजार, किसुन रामका छोरा १८ बर्षीय कमलेश रामलाई एक हजार, विनोद रामको छोरा १७ बर्षीय अमन रामलाई पनि एक हजार जरिवाना गरिएको छ ।
जरिवाना वापत आएको रकम किशोरीको विवाहमा खर्च गर्ने सहमति भएको छ ।
हात खुट्टा बाँधेर घाममा सेकाइयो
बुधबार बसेको पञ्चायतीले किशोरी भगाउने र भगाउन सहयोग गर्नेलाई जरिवाना गर्दै सजाय पनि दिएको छ । किशोरी भगाउने मुकेश, सहयोग गर्ने रन्दीप, कमलेश र अमनको हात खुट्टा बाँधेर दुई घण्टा घाममा सेकाइएको छ ।
‘पढ्दै गरेकी किशोरीलाई विवाहको प्रलोभन देखाएर भाग्नु विकृति हो’ गाउँका अगुवा कुशेश्वर यादवले भने, ‘यसैले सजाय दिँदै जरिवाना तिराएका छौं ।’
आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?
महाशिवरात्रि यसरी पुजा गर्दा शनि र भगवान शिव दुवै प्रसन्न हुने, भुलेर पनि नगर्नुहोस् यी काम ! संकट हुनेछ।।सनातन धर्ममा...