प्रतिष्ठाकाे पहिलाे अावाजकाे नाराले एपीवान एच.डी. टेलीभिजनबाट प्रसारण हुने नेपालकै ठूलो सिंगिङ रियालिटी सो ‘नेपाल आइडल’ काे दाेस्राे संस्करणमा पियानाे राउण्ड चलिरहदा साबिककाे समग्र शुदूरपस्चिम र हालकाे प्रदेश ७ नम्बरबाट एकजना प्रतिस्पर्धी प्रतिस्पर्धाकाे मैदानमा उभिएका छन । भाषा, कला र माैलीक संस्कृतिकाे धनि प्रदेश ७ बाट अहिले एक्ला प्रतियोगी रवि ओड मात्रै पियानाे राउण्ड पार गरेर गाला राउण्डमा पुगेका छन । पहिलाे संस्करणबाटै निकै रूचाइएकाे नेपाल अाइडललाइ देश बिदेशमा बस्ने थुप्रै नेपालीहरूले फ्लाे गर्दै अाएका छन । याे संगै दाेस्राे संस्करणकाे बिजेता काे बन्छ भन्ने जिज्ञाशा पनि धेरैमा पलाएकाे छ । अहिले नेपाल अाइडलकाे टप १२ मा अटाएका रवि प्रदेश ७ का एक मात्र प्रतियोगी हुन ।
काे हुन रवि अाेड ?
कन्चनपुर जिल्लाकाे कृष्णपुर नगरपालीका गुलरियामा बुवा राजेन्द्र अाेड र अामा उमा अाेडकाे काेखबाट २०५४ साल चैत्र महिनामा जन्मिएका रवि अामा बुवाकाे दाेस्राे सन्तान हुन । मुख्य अायश्राेत र राेजिराेटिकाे अाधार भारतकाे ‘वाचम्यान’काे जिन्दगी बाँचिरहेका उनका बाज्या र बुवाले अछामबाट बसाइ सरेर कंचनपुर गएका थिए । उनकाे पुर्ख्याैली थलाे साविककाे अछाम बुढाकाेट गाविस हाे भने हाल साँफेबगर नगरपालीकामा पर्दछ । बाज्या र बुबाले अछाम छाेडेर कन्चनपुर गएपछि उतै जन्मिएका उनि अछाम पुगेका छैनन तर उनि भित्र अाफ्नाे पुर्ख्याैली थलाेमा पुग्ने अधुराे रहर भनै अझै जिवितै छ । लाेटस अाइ स्कुलमा १२ मा अध्यनरत रविलाइ संगितकाे रसले छाेइरहेकाे छ । बाध्यता गरिवीकाे जिन्दगीले पिल्सिएका रविका बुढा बुवा अहिले पनि भारतमा ‘वाचम्यानकाे’ काम गरिरहेका छन । उनि अाफै पनि भारतमा गएर काम गरेकाे स्मरण गर्छन । “केहि महिना भारतमा काम गरेँ तर बुवाले जति दुख हर्नुछ मुइ हरूला तु नेपालमा गैकन राम्ररी पढ” भनेपछि उनि नेपालमै फर्किएर पढ्न थाले । उनका बुवा चाहान्थे कि जुन दुख अाफुले भाेगिरहेकाे छु त्याे मेरा सन्तानले भाेग्न नपराेस, जसरी अाफुले अर्काकाे देशमा पसिना बगाइरेकाे छु त्यसरि मेरा सन्तानकाे रगत र पसिना अाफ्नै देशमा बगाेस….. !
सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाज्याकाे प्रेरणाबाट गीत संगितमा लागेकाे बताउछँन् । बाज्याले अछामी माैलीक गितहरू गाउने गरेकाे उनि बताउछन । बाज्याले गाएकाे सुदूरपस्चिमेली देउडा र ठाडिभाका सुन्दा सुन्दै उनलाइ नेपाली गित संगितकाे मात चढ्याे । उनकाे अावाज बुढिगंगा जस्तै कलकल कलकल अाफ्नै गतिमा बगिरहन्छ । तर जब उनि पप लगाएत अन्य हाइ रेन्जकाे गित गाउछन उनकाे अावाज बुढिगंगा जस्तै रहदैन एक्कासी बढ्ने छिपेखाेलकाे रफ्तार र लयमा बग्न थाल्छ । यतिमात्र हाेइन उनि खप्तड रामाराेशन जस्तै सुन्दर गित ठाडिभाका समेत गाउन सक्छन । खप्तड, रामाराेशनकाे काखका रहेका उनि खप्तड, रामाराेशनजस्तै राज्यकाे नजरबाट टाढा रहन चाहादैनन । अाफ्नाे हुनर सबै नेपालीलाइ देखाउन चाहान्छन । अहिले मेराे गित संगितकाे प्रेरक बाज्या र मलाइ जन्माउने अामा मसंग छैनन । यदि उनिसंगै भइदिएकाे भए याे खुसि सुरुमा उहाँहरूसंगै साट्ने थिएँ : उनि भन्छन
प्रदेश ७ बाट नेपाल अाइडलकाे स्टेजमा उभिएका अन्य सबै प्रतियोगी बाहिरिएका छन् । धनगढी अडिसनबाट उक्त रियालिटी सो मा सहभागीता जनाएका रवि भने अाफुले अझै राम्राे गर्ने बिश्वास देखाछन । धनगढीको दोहोरी साँझमा गित गाएर करिब चार वर्ष अघीबाट मात्रै उनि संगीतमा सक्रिय भएर लागेका हुन् । जस्ताे सुकै गित गाउन मन पराउने उनलाइ नेपाली संगित क्षेत्रमा शिव परियार, सुगम पोख्रेल र हेमन्त रानाका गीतहरु बढी मन पर्छन्। अाफ्नाे साधना र लगनसिलताले टप १२ मा अटाएका उनले अबकाे बाँकि यात्रामा सबैकाे आशिर्बाद, माया र सहयाेगकाे अपेक्षा गरेकाे सन्देश नेपाल सँग बताउछन ।