
मंसिर २२, २०७४ काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ। काठमाडौंको बबरमहलस्थित जिल्ला समन्वय समितिको हलमा काठमाडांै क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको हो। २ दिनभित्र सक्ने गरी सुरुमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारको मत गणना सुरु गरिएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए। यो क्षेत्रमा प्रतिनिधिसभाको मतगणना सम्पन्न भएपछि प्रदेशसभा र त्यसपछि समानुपातिकतर्फको मतगणना सुरु गर्ने योजना बनाइएको छ। दुई समूहमा विभाजन गरेर मतगणना भइरहेको छ। काठमाडौं क्षेत्र नम्बर ६ मा ४२ हजार ३ सय ९९ मत खसेको थियो। यो क्षेत्रमा कांग्रेसका भिमसेनदास प्रधान र नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीको प्रतिस्पर्धा हुने देखिन्छ।
Read more at: http://thahakhabar.com/news/27820
Read more at: http://thahakhabar.com/news/27820