
काठमाडौं– प्रहरीले एकै पटक काठमाडौंका तीन तहका लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। लागूऔषध दुव्र्यसनी र उनीहरुलाई लागूऔषध बेच्ने अन्य दुई तहका कारोबारीलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो।
महाशाखाबाट खटिएको प्रहरी टोलीले म्हैपीबाट राकेश जिरेल र प्रवेश घले लागूऔषध सेवनको तयारीको क्रममा पक्राउ गरेपछि कारोबारीहरु समातिएका हुन् । उनीहरुमाथि अनुसन्धान गर्दा म्हैपी बस्ने पवित्र महर्जनसँग खरिद गरेको खुल्यो। पवित्र महर्जनलाई पक्राउ गरि खानतलासी गदा उनको साथबाट लागु औषध डाइजापाम, नूफिन र फेनारगन लगायतका लागु औषध ८ एम्पुल बरामद गरेको थियो। उनीमाथि अनुसन्धान गर्ने क्रममा उक्त लागु औषध ढल्कुमा बस्ने रविन्सन महर्जनसँग खरिद गरेको खुल्यो। रविन्सन महर्जन तथा उनीसँगै रहेका रिकेश महर्जन समेतलाई पक्राउ गरी शरीर तलासी लिँदा उनीहरुको साथबाट पनि लागूऔधष बरामद भएको प्रहरीले जनाएको छ।