नेपालीको महानचाडको आगमन सँगसगै मासुको खपत तथा उपभोग बढ्दै जाने गर्छ। मासुको उपभोग चाडावाडमा मात्र सीमित नभै घरमा पाहुना आउँदा होस वा कुनै पनि विवाह, ब्रतबन्ध पास्नी जस्ता भोज-भतेरमा मासु नभै नहुने फुड आइटम वा खानाको महत्वपूर्ण आहार बनेको छ।
मासु यसमा पाइने पोषण तथा स्वादका कारणले राम्रो त छँदै छ यसका अलावा अस्वस्थ पशुको वधगरी उपभोग गरिने मासुले त्यो भन्दा धेरै घाटा हुने हुनाले स्वस्थ पशु नै मासुका लागी प्रयोग गर्नुपर्ने हुन्छ। त्यसकारण उत्त हानीलाई कम गर्न रोगी पशुलाई सहजै चिनी त्यस्ता पशुलाईमात्र मासुका लागि प्रयोग गर्न सकियो भने मासुबाट मानिसमा सर्ने धेरै रोगवाट बच्न सकिन्छ। मासुका लागि स्वस्थ खसी- बोका वा पशु हुन जरूरी छ जसलाई निम्न तरिकाले चिन्न सकिन्छ। १. असामान्य रूपमा स्वासप्रश्वास फेरिरहेको वा रौ फुलाएर जिरिङ्ग भएको पशु:
सामन्यतया पशुहरुमा जिवाणु वा विषाणुको संक्रमण भइरहेको वेला वा अन्य रोगहरुले संक्रमित भैरहेको बेला स्वास छिटो फेर्ने र ज्वरो आएर रौं ठाडो पारी फुलेर जिरिङ्ग देखिने हुनले त्यस्ता पशु अस्वस्थ र रोगी हुन्छन्। २. असामान्य व्यवहार देखाउने पशु :
प्राय: पशुहरू केही रोगका कारण टाउको पर्खालमा ठोक्ने, आफ्नो पुच्छर वा पेटमा हेरी वृत आकारमा धुम्ने, विभिन्न वस्तु वा मानिस जनावरलाई आक्रमण गर्न खोज्ने जस्ता व्यवहार देखाउने हुनाले त्यसता पशुहरुको मासु खानाले विभिन्न रोगहरु सर्ने गर्छ।
३. हिँडाइमा असामान्य देखिने पशुहरु :
पशुहरुको खुट्टा वा शरीरको कुनै भागमा चोट पटक लागेको खण्डमा पशुहरुको हिँडाइ असामान्य देखिने हुन्छ। पशुहरू सामान्यत: १२ घण्टाअघिदेखि बाहिरी वा भित्री रूपमा चोटयुक्त छ भने यो समयमा उसको शरीरले विभिन्न किसिमका हर्मोनहरु (रसायनहरु) उत्पादन गर्न सुरु गर्ने हुनाले त्यस्ता हर्मोनहरुले मासुको स्वाद र गुणस्तर बिग्रने भएकाले यस्तो पशुले मानव शरीरका लागि राम्रो मानिदैन।
४. असामान्य हाउभाउ देखाउने पशुहरू :
आँखाहरू निन्द्रा लागे जस्तो वा लट्ठिएको जस्तो अथवा चिन्ताजनक अवश्था जस्तो दिखने पशु र पेट फुलेको, टाउको र खुट्टा तन्काएकाएर सहजै उठ्न वा वस्न नसक्ने पशु रोगी हुने हुदा त्यस्ता पशु नकिन्नुहोला।
५. असामान्य शारीरिक संगठन भएका पशुहरू:
जोर्नीहरू बढेको वा सुन्निएका, हावा भरिएर सुनिएको जस्तो देखिने पेट र कल्चौडो भएका, बंगारा खुन्निएका पशुहरु अस्वस्थ हुने भएकोले मासुका लागि उपयुत्त मानिदैनन्।
६. नाक, कान, गुद्वार र योनीबाट असामन्य किसिमको फोहरहरु निस्केको पशु वा पखाला लागेको, योनीबाट असामन्यरुपमा गन्हाउने तरल पदार्थ निस्किरहेको वा आँखाको भागहरु बढेको पशुहरु मानव स्वास्थ्यका लागि प्रतिकुल हुन्छन्।
७. सिङ्गमा हरियो रंग लगाएको खसी-बोका मात्र किन्नुहोस्:
यदि तपाई काठमाडौं उपत्यकामा मासु किन्दै हुनु हुन्छ भने नजिकको खसीबजार वा पशु हाटवजारमा पशु सेवा विभागबाट खटिएका पशु चिकित्सकले स्वास्थ्य पशुलाई उपभोक्ता चिन्न सहज होस् भनि पशुको सिङमा हरियो रंगलगाउने गरीएकोले हरियो रंग लगाएको पशु मात्र किन्नु होला। सिङमा रातो रंग लागेको खसी बिरामी वा अस्वस्थ वा मासुको लागि खान योग्य छैन भनी चिन्ह लगाइएकोले सो पशु नकिन्नुहोला।
८. नजिकको पशु हाटबजार वा खसिबजारबाट मात्र किन्नुहोस्:
सामान्यतया नेपालका सबै पशु हाटबजार र खसी बजारमा पशु सेवा विभाग वा अन्तर्गतका कार्यालयवाट नियमीत अनुगमन भइरहने भएकाले त्यस्ता बजारमा पाइने पशु वस्तुहरु बाटोमा बिक्रि गरिनेभन्दा स्वस्थ्य हुने भएकाले नजिकको हाटबजार वा खसी बजारबाट मात्र किन्नुहोला।
मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….
नि:शब्द! पाइलट उत्सव पोखरेलको बैनिले लेखिन मलाइ पाइलट बनाउन्छु भन्नुहुन्थ्यो आखिर बिच बाटोमा मै छोडेर जानू भयो है दादा….!! आफ्नो...