काठमाडौँ — भनिन्छ, कोही जन्मँदै महान् हुन्छन्, कोही महानता हासिल गर्छन् र कोहीमा भने महानता थोपरिन्छ । व्यक्ति कसरी महान् हुन्छ भन्ने शेक्सपियरका यी तीन धारमध्ये दोस्रो धारले महान् बनेका व्यक्ति हुन्, राष्ट्रकवि माधवप्रसाद घिमिरे । लमजुङमा जन्मेर लैनचौर, काठमाडौंमा आफ्नो १०० वर्षको जीवनयात्राको अनुष्ठानमा पुग्नुभएका महान् व्यक्तिलाई सुरुमै मंगलमय शुभकामना चढाउँछु !
कविजीसँग मेरो प्रथम साक्षात्कार २०३६ सालको जेठ २ मा भएको हो। नेपाल (राजकीय) प्रज्ञा–प्रतिष्ठानमा आ–आफ्नो पदको बहाली गर्दाको त्यो क्षण थियो।
उहाँ उपकुलपतिको पदमा आसीन हुनुभयो। कुलपति पदमा कलाकार एवं साहित्यकार लैनसिंह बाङ्देल हुनुहुन्थ्यो। सदस्य सचिव छानिनुभएको थियो— साहित्यकार एवं नाटककार विजयबहादुर मल्ल अरू सदस्यमध्ये कला विधामा मूर्तिकार एवं चित्रकार अमर चित्रकार हुनुहुन्थ्यो भने साहित्यको फाँट सम्हाल्न जनप्रिय कवि भूपि शेरचन रोजिनुभएको थियो।
नेपाली भाषा विधाको कार्यभार बहन गर्दै हुनुहुन्थ्यो, नेपाली भाषाका मूर्धन्य विद्वान् बालकृष्ण पोखरेल। संस्कृतिको पक्षमा अर्का प्रकाण्ड विद्वान् हुनुहुन्थ्यो— नयराज पन्त। ज्ञानको विधालाई प्रतिनिधित्व गर्ने स्वनामधन्य इतिहासकार प्राध्यापक ढुण्डिराज भण्डारी हुनुहुन्थ्यो। विज्ञानको क्षेत्रलाई समेट्न भनेर मलाई प्रज्ञा प्रतिष्ठानको सदस्यता प्रदान गरिएको थियो। २०३६ देखि २०४७ सालसम्म प्रज्ञा प्रतिष्ठानको प्रांगणमा कविवर माधव घिमिरेसँग उठबस गर्ने सौभाग्य मलाई प्राप्त थियो। त्यसपछिका दिनहरूमा लैनचौर यसै खुला हुने नै भयो।
लगभग चार दशकको दौरानमा उहाँसँगको संगतले मेरो मनमा एउटा छाप छोडेको छ। त्यसमा पनि, विगत १० वर्षयताका उहाँसँगका प्रत्येक भेटमा मलाई के महसुस हुन थाल्यो भने, परमेश्वरले उहाँलाई आयु थपिदिइरहेको छ र उहाँले त्यस आयुमा जीवन थपिरहनुभएको छ। कविवरसँगका प्रत्येक भेटपछि म उहाँको ‘आयुमा जीवन थप्ने कला’ अनुभव गर्छु। फूल–बिरुवा, वन–वनस्पति र प्रकृतिको अध्ययन मेरो विषय हो।
माधव घिमिरे तिनैका पुजारी हुन्। माधव घिमिरेका गीत र कविता सानै उमेरदेखि सुन्दै–पढ्दै र गुनगुनाउँदै आएको हुँ। असारको रातमा परेको झम्झम् पानी होस् वा बगेर जाँदै गरेको फूलको थुंगा होस् वा बतासमा झुल्दै गरेका तोपचराका गुँड होऊन्— ती सबैलाई आफ्नो स्पन्दनसँग गाँस्ने उहाँको विशेषता हो। मेरो विचारमा प्रकृतिको संगीतलाई गीतमा उतार्ने कविको नाम नै माधव घिमिरे हो।
प्रज्ञा प्रतिष्ठानको संरचनामा नेपाली भाषा, कला, साहित्य, संस्कृति, ज्ञान र विज्ञानको संयोजन थियो। सर्जक प्राज्ञहरूको संगतमा पर्दा मलाई पनि ज्ञान–विज्ञान र प्रविधिलाई नेपाली भाषा, साहित्य, कला र संस्कृतिसँग जोडेर हेर्ने अवसर प्राप्त भयो। त्यस कार्यमा उपकुलपति माधवप्रसाद घिमिरेको प्रभाव अति गहिरो बन्न पुग्यो।
प्रतिष्ठानका प्रत्येक पुस्तकको प्रकाशकीय लेख्ने काम उपकुलपतिको जिम्मामा पथ्र्याे। उपकुलपति हैसियतमा माधव घिमिरेले लेखेका प्रकाशकीय पढयौं भने प्रत्येक पुस्तकको विषयगत गहनतम अवधारणा, समय र परिस्थितिको वर्तमान सन्दर्भ र विचार विमर्शको अग्रगामी निचोड छर्लंग हुन्छ। त्यसका लागि उहाँ प्रत्येक लेखकसँग गहन छलफल र बहस गर्नुहुन्थ्यो।
यस्तैमा ‘बाल–विज्ञान प्रश्नोत्तर’ को प्रकाशन सन्दर्भमा उहाँसँग मेरो निकै कुराकानी भयो। बालबालिकामा विज्ञानको चेतना पुर्याउन बालमनोविज्ञान भित्र छिर्नुपर्छ भन्ने उहाँको धारणा रहयो। उहाँले गाउँखाने कथालाई विज्ञानको जामा पहिराइदिनुभयो। सिस्नोले किन र कसरी पोल्छ भन्ने प्रश्नको वैज्ञानिक उत्तर खोज्नुभन्दा पहिले सानु सानु रूख छ, चढ्नको दु:ख के हो ? भन्ने गाउँखाने कथाबाट सिस्नोको पहिचान गर्नु रमाइलो हुन्छ ।
र त्यसले बालबालिकाको विस्मय विस्तारमा सघाउँछ भन्ने उहाँको सल्लाह थियो। माधव घिमिरेसँग त्यसै दिनको कुराकानीपछि मैले आफ्नो लेखनीमा कहिले विज्ञानको जामामा संस्कृति र प्रकृतिलाई अनि कहिले संस्कृतिको जामामा विज्ञानलाई प्रस्तुत गर्ने चेष्टा गर्न थालें।
राष्ट्रकवि माधव घिमिरेको विज्ञान चेतनाको सन्दर्भ २०३९ सालमा सम्पन्न प्रज्ञा प्रतिष्ठानको रजत जयन्तीका लागि प्रकाशित ‘नेपालमा विज्ञानको विकास’ नामक पुस्तकको प्रकाशकीयसँग सम्बन्धित छ। उक्त पुस्तक प्रकाशनको लक्ष्य नेपालमा विज्ञान एवं प्रविधि क्षेत्रका आधारभूत विज्ञानका विषयहरू— रसायन, वनस्पति, जीव, भौतिक आदि विषयमा नेपालको तत्कालीन स्थितिको मूल्यांकन गर्ने रहेको थियो। साथै कृषि, वन, स्वास्थ्य, इन्जिनियरिङ आदि प्राविधिक विषयहरूको अवस्था पनि केलाउनु थियो। चन्द्रमासम्म मानिस पुग्यो, ज्ञानले पुग्यो कि विज्ञानले वा प्रविधिले ? ज्ञान, विज्ञान र प्रविधि कहाँ जोडिन्छन् कहाँ छुट्टिन्छन्? बुझ्न–बुझाउन सजिलो थिएन। १०/१५ दिन यत्तिकै बित्यो।
कविजीबाट प्रकाशकीय प्राप्त भएन। एक दिन उपकुलपति अर्थात् कविजीले बोलाउन पठाउनुभयो। उहाँको कोठाभित्र पस्नासाथ प्रकाशकीय हातमा थमाउनुभयो र भन्नुभो, ‘विज्ञान भनेको दृष्टि र प्रविधि भनेको यात्रा, त्यसो भन्दा कसो होला ?’ मेरा लागि एउटा रहस्य उद्घाटित भयो। दृष्टिले यात्राको क्षितिज खुल्ने भो र यात्राले दृष्टिको क्षितिज अझ उघारिने भो। माधव घिमिरेको सोही प्रकाशकीयबाट यो पंक्ति उद्धृत गरिहेरौं :
‘विज्ञान र प्रविधि–दृष्टि र यात्रा हो । दृष्टिबाट जसरी यात्रा प्रारम्भ हुन्छ, यात्राको क्रममा पनि त्यसरी नै नयाँ दृष्टि प्रादुर्भाव हुन्छ। आज विज्ञानबाट अनेक प्रविधिको विकास भइरहेको छ र प्रविधिले गर्दा पनि नयाँ विज्ञानको प्रादुर्भावलाई सहायता पुगिरहेको छ। आजको विश्वको उन्नति उन्नत प्रविधिकै परिणाम हो। हाम्रोजस्तो विकासोन्मुख देशका निम्ति विज्ञानको अर्कै उपादेयता छ। त्यो हो— प्राथमिक आवश्यकताको पूर्ति, पूर्वाधारको तयारी र समाजमा वैज्ञानिक दृष्टिको विकास।’
प्रकृतिकै काखमा हुर्केका कारण प्रकृतिलाई साहित्य र संस्कृतिसँग जोड्ने काममा माधव घिमिरे निकै निपुण सावित हुनुहुन्छ। डा. दयाराम श्रेष्ठको सम्पादनमा २०४५ सालमा ‘नेपाली कथाका समकालीन सन्दर्भहरू’ नामक पुस्तकको प्रकाशकीयमा कवि घिमिरे लेख्नुहुन्छ, ‘आजको कथाको शैलीलाई तोपचराको गुँड बनाउने शैलीसँग तुलना गर्न सकिन्छ।’ तोपचराको कला–कौशललाई कविले कति सूक्ष्म दृष्टिले हेरेका रहेछन् भन्ने यहाँ प्रस्ट हुन्छ। यत्रतत्रबाट घाँस, झारपात र लहरालाई बटुलेर तोपचराले एउटा सिङ्गो घर बनाउँछ।
कथाकारले पनि त्यसै गरेर समाज र समुदायका माझबाट विभिन्न त्यान्द्रा बटुलेर एउटा सिंगो कथा रच्दछ भन्ने कुराको पुष्टि यहाँ पाउँछौं। अर्कातिर निबन्धलाई भने उहाँ ‘बन्धनरहित रचना’ को संज्ञा दिनुहुन्छ। तारानाथ शर्माको सम्पादनमा २०३९ सालमा प्रकाशित ‘पच्चीस वर्षका नेपाली निबन्ध’ मा उहाँ लेख्नुहुन्छ, ‘वस्तुलाई आफ्नो बनाउन सक्नु र आफूलाई वस्तुको बनाउन सक्नुमै निबन्धकारको कौशल रहन्छ।’ उहाँ थप भन्नुहुन्छ, ‘परमहंसहरू फूलमा पनि परिपूर्ण ब्रह्म देख्छन्।’
म वनस्पतिको विद्यार्थी तर एउटा फूलमा परिपूर्ण ब्रह्म देख्ने आँखा त साहित्यकार कविसँग पो हुँदोरहेछ! कविजीसँग फूलको विषयमा निकै कुराकानी चल्थ्यो। उहाँको पुष्प प्रेम र पुष्प जिज्ञासा भने यो उहाँको पंक्तिले उजागर गर्दछ :
चन्द्रमासम्म मानिस पुग्यो, ज्ञानले पुग्यो कि विज्ञानले वा प्रविधिले ? ज्ञान, विज्ञान र प्रविधि कहाँ जोडिन्छन् कहाँ छुट्टिन्छन्? बुझ्न–बुझाउन सजिलो थिएन। १०/१५ दिन यत्तिकै बित्यो।
कविजीबाट प्रकाशकीय प्राप्त भएन। एक दिन उपकुलपति अर्थात् कविजीले बोलाउन पठाउनुभयो। उहाँको कोठाभित्र पस्नासाथ प्रकाशकीय हातमा थमाउनुभयो र भन्नुभो, ‘विज्ञान भनेको दृष्टि र प्रविधि भनेको यात्रा, त्यसो भन्दा कसो होला ?’ मेरा लागि एउटा रहस्य उद्घाटित भयो। दृष्टिले यात्राको क्षितिज खुल्ने भो र यात्राले दृष्टिको क्षितिज अझ उघारिने भो। माधव घिमिरेको सोही प्रकाशकीयबाट यो पंक्ति उद्धृत गरिहेरौं :