एजेन्सी । रोगबाट बच्नका लागि सबैभन्दा महत्वपूर्ण उपाय भनेकै राम्रोसँग हात धुनु हो भनिन्छ । डाक्टर होउन् वा घरका अभिभावक सबैले तपार्इंलाई पनि हात सफा राख्ने सल्लाह दिने गरेको याद आउँछ होला ।खाना खानुअघि तथा दिसापिसाब गएर आइसकेपछि साबुनपानीले राम्रोसँग हात धोएमा झाडापखाला, आउँ लगायतका धेरै रोगबाट बच्न सकिन्छ । हातमा धेरै किटाण हुने भएकाले हात सफा नराख्दा ती किटाणुहरु खाना खाने बेलामा मुखहुँदै सरीर भित्र प्रवेश गर्दछन् ।विभिन्न रोगबाट बच्नका लागि हात धुनैपर्ने हुन्छ । तर एउटा कुरा के सत्य हो भने जति धेरै धोएपनि हातबाट पूर्ण रुपमा ब्याक्टेरियाहरु निर्मूल भने हुँदैनन् ।
आजभन्दा करीब सय वर्ष पहिले डाक्टरहरुले पत्ता लगाएका थिए की पटक पटक हात धुँदा पनि हातबाट किटाणुहरु पूर्ण रुपमा निर्मुल हुँदैनन् भन्ने कुरा । तर यसको कारण पत्ता लाग्नमा भने ७५ वर्ष गुज्रियो ।
सन् १९७० को दशकमा छन् । वैज्ञानिकहरुले यसको कारण पत्ता लगाए । उनीहरुका अनुसार सबैभन्दा धेरै किटाणुहरु औँलाको नङमा रहन्छन् । त्यसैले यदि तपाइँले आफ्ना औँलाको नङहरु राम्रोसँग सफा राख्नेहो भने किटाणुहरु कम फैलिन्छन् । अनुसन्धानबाट के पत्ता लागेको छ भने औँलाका नङको भित्र जुन ठाउँ हुन्छ त्यो वास्तवमा किटाणुहरुको चिडियाखाना नै हो ।बाहिर जति हात सफा गर्दापनि नङभित्रको यो ठाउँको फोहोर सफा हुन पाउँदैन, त्यसलाई कोट्याएरै फ्याँक्नुपर्ने हुन्छ । त्यहाँ साबुन पनि छिर्न सक्दैन । अझ हात धुँदा यो ठाउँको पानी लामो समयसम्म नसुक्ने भएकाले त्यहाँ जिवाणुहरु हुर्किने राम्रो वातावरण रहन्छ ।
सन् १९८८ मा अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयमा एक अनुसन्धान भयो । जसमा स्वयंसेवी तथा सबै कर्मचारीहरुको हातको नमूना लिइयो । नमूना परीक्षणका क्रममा पाइयो की नङभित्रको जुन ठाउँ हुन्छ त्यो हातका अन्य ठाउँभन्दा बढि फोहोर तथा ब्याक्टेरियायुक्त हन्छ । उक्त ठाउँमा लाखौँ ब्याक्टेरिया पाइन्छन् । जबकी एउटा हातको अन्य ठाउँमा हजारौँसम्म ब्याक्टेरियाहरु पाइन सक्छन् ।
इसमा हामीले पाल्ने लामा नङ तथा नक्कली नङले पनि भूमिका खेल्दछन् । अमेरिकामा गरिएको एक अध्ययन अनुसार नक्कली नङ लगाउने मानिसहरुमा सामान्य नङ मात्र भएका मानिसहरुमा भन्दा धेरै ब्याक्टेरिया पाइने गरेका छन् । शोधकर्ताहरुका अनुसार पालिस लगाएका नङहरुमा नलगाएकाहरुमा भन्दा कम ब्याक्टेरिया पाइने गरेको छ ।
यी सबै उदाहरणबाट के निष्कर्ष निकाल्न सकिन्छ भने नङलाई छोटो तथा सफा राख्नु निकै आवश्यक हुन्छ । जसका कारण नङभित्र धेरै किटाणु रहन पाउँदैनन् । त्यस्तै नियमित रुपमा नङ पालिस लगाउने र छिटो छिटो नङपालिस सफा गरेर नयाँ लगाउने नङको भित्र पनि किटाणु कम हुन्छन् ।
यी सबै कुरा सुनिसकेपछि अब नङ पाल्ने रहर त हरायो होला हैन ?