मंसिर १६, २०७४-अछाम जिल्ला क्षेत्र नं २ (क ) प्रदेशसभाका उम्मेदवार सुरतबहादुर बिष्टको घरमा प्रेसर कुकरमा खतरा लेखिएको र बम हुनसक्ने भन्दै नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गराउदा त्यस भित्र माटो भरेको अवस्थामा भेटिएको छ ।
प्रेसर कुकर बम हुन्सक्ने भनेर जानकारी पाएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको र त्यसभित्र ढुङ्गा ,माटो र कागज भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
कांग्रेस उम्मेदवार बिष्टको घरको सिडीमा बिहान ३ बजे तिर उक्त वस्तु फेला परेको हो ।
निर्वाचनलाई लक्षित गरी अज्ञात समूहले बिष्टको घरमा बम भनेर त्रसाउन उक्त प्रेसर कुकर राखेको हुन सक्ने प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। उम्मेदवार विष्टले आफ्नो जित शुनिश्चित भएको देखेपछि तर्साउन विपक्षीहरुले यस्तो गरेको बताए । आफु यस्ता कार्यबाट बिचलित नहुने उनले प्रतिक्रिया दिए ।