• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

उदयपुरमा पाँच दिनमा विद्युतीय एम्बुससहित चार आक्रमण, प्रहरी प्रशासन मौन

१३ मंसिर २०७४, बुधबार १४:२४
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१३ मंसिर २०७४, बुधबार १४:२४
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१३ मंसिर २०७४, बुधबार १४:२४
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१३ मंसिर २०७४, बुधबार १४:२४
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१३ मंसिर २०७४, बुधबार १४:२४
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१३ मंसिर २०७४, बुधबार १४:२४

उपचुनावको परिणामले दिएको सन्देश !

१३ मंसिर २०७४, बुधबार १४:२४
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१३ मंसिर २०७४, बुधबार १४:२४

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१३ मंसिर २०७४, बुधबार १४:२४
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१३ मंसिर २०७४, बुधबार १४:२४
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१३ मंसिर २०७४, बुधबार १४:२४
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१३ मंसिर २०७४, बुधबार १४:२४
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१३ मंसिर २०७४, बुधबार १४:२४
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

उदयपुरमा पाँच दिनमा विद्युतीय एम्बुससहित चार आक्रमण, प्रहरी प्रशासन मौन

by NewsDesk
१३ मंसिर २०७४, बुधबार १४:२४
in देश, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

विदुर कटुवाल | १ घण्टा अघि मंसिर १३, २०७४ उदयपुरः उदयपुरमा निर्वाचन सुरक्षा चुनौती बढ्दै गएको छ। पाँच दिनको बीचमा विद्युतीय एम्बुससहित चार ठाउँमा बम आक्रमण भएको हो। बुधबार बिहान प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– २ का नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की सवार बा१५च ७८०६ बोलेरो अज्ञात समूहको विद्युतीय धरापमा पर्दा कार्कीसहित चार जना गम्भीर र दुई जना सामान्य घाइते भएका छन्। कटारीबाट नेपालटार जाँदै गरेको गाडीमा नौ जना सवार थिए। यसरी निरन्तर रूपमा गएको मंसिर ८ गतेदेखि १३ गतेसम्म चार बम आक्रमण भए। तर, प्रहरी प्रशासनले कसैलाई पनि पक्राउ गरेको छैन। निर्वाचनविरोधी गतिविधि गर्ने समूहहरूले बम आक्रमण गरेको प्रष्ट रूपमा देखिए पनि प्रहरीले पक्राउ गर्न नसक्दा प्रहरी शंकाको घेरामा परेको छ। नेकपा माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक विनोद कटुवाल दिवशले निरन्तर रूपमा उम्मेदवारमाथि बम आक्रमण हुँदा पनि प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन्। ‘उदयपुरमा चार उम्मेदवारमाथि बम आक्रमण भइसक्यो’, संयोजक कटुवालले भने, ‘सबै घटना अज्ञात समूहले मात्र गरेको भन्ने प्रहरीको भनाइ हुन्छ, अब चुनाव प्रचार प्रसारमा हिँड्दा पनि एम्बुसमा परिएला भन्ने डर छ।’ कटुवालले प्रहरी प्रशासनले बम आक्रमणकारी पक्राउ नगरेकाले चुनाव प्रचार प्रसारमा सुरक्षा चुनौती थपिँदै गएको बताए। ‘बम पड्किरहेको छ’, उनले प्रतिप्रश्न गरे, ‘यस्तो अवस्थामा कसरी चुनाव प्रचार प्रसार गर्ने? विद्युतीय एम्बुसमा पनि उम्मेदवार पर्न थाले।’ नेकपा एमाले उदयपुरका जिल्ला सचिव प्रमेश घिमिरे पनि निरन्तर रूपमा भएको बम आक्रमणले भोलिका दिनमा ठूला दुर्घटना हुनसक्ने बताउँछन्। ‘विद्युतीय धरापसम्म निर्वाचनविरोधीले थाप्न थाले’, सचिव घिमिरेले भने, ‘पक्राउ गर्न नसक्ने प्रहरी प्रशासनकै मिलेमतो हुनसक्छ।’ जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सबै आक्रमण अज्ञात समूहले मात्र गरेका छन्। प्रहरीलाई अज्ञात समूह भन्न सजिलो भएको आरोप जिल्लामा रहेका राजनीतिक दलले लगाउन थालेका छन्। कहाँकहाँ भयो आक्रमण? बुधबार बिहान मात्र प्रनिधिसभा निर्वाचन क्षेत्र नं.– २ का कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की सवार गाडी विद्युतीय एम्बुसमा पर्दा कार्कीसहित चार जना घाइते भएका छन्। उदयपुरगढी गाउँपालिका– ६ मा पर्ने दनुवारवेसीमा भएको आक्रमणमा परी उम्मेदवार कार्की, कांग्रेसका कार्यकर्ता मीरा कटुवाल, धनमाया धौलाकोटी र उम्मेदवारका गाडी चालक राजन कार्की गम्भीर घाइते भएका छन्। ‘एम्बुस थापी आक्रमण भएको जानकारी आएको छ’, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘चारै जना गम्भीर घाइते भएकाले काठमाडौँबाट उद्धारको लागि हेलिकोप्टर मगाइएको छ।’ यसभन्दा अघि भएका आक्रमण्मा कुनै मानवीय क्षति नभए पनि शक्तिशाली बम विस्फोट गराइएको थियो। पहिलो आक्रमण उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– १ वाम गठबन्धनका उम्मेदवार सुरेशकुमार राई हिमाल र गठबन्धनकै १ को ‘ख’का उम्मेदवार नारायण बुर्जामगरमाथि भएको थियो। उदयपुरगढी गाउँपालिका– ७ नेपालटार बजारको चुनावी सभालाई सम्बोधन गरी फर्कंदै गर्दा पौवाखोलामा बम विस्फोट गराइएको थियो। गएको मंगलबार नेपाली कांग्रेसका दुई उम्मेदवारलाई लक्षित गरी जिल्लाको त्रियुगा नगरपालिकाभित्रै बम आक्रमण भए। प्रतिनिधिसभा क्षेत्र नं.– १ का कांग्रेस उम्मेदवार पूर्व शहरी विकासमन्त्री डा. नारायण खड्कालाई त्रियुगा नगरपालिका– १० बाबरीमा आक्रमण भयो। यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– १ को ‘ख’का उम्मेदवार कांग्रेसकै हिमाल कार्कीलाई त्रियुगा नगरपालिका ७ भान्टाबारीस्थित घरमै आक्रमण गरियो। कार्कीको घरमा बम आक्रमण हुँदा घर पालुवा चौपाया घाइते भएका छन्। लगातारको बम आक्रमणका कारण उम्मेदवारसमेत सशंकित बनेका छन् भने सर्वसाधरणमा त्रास पैदा भएको छ। यसो भन्छन् प्रहरी प्रशासन? उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जिल्लाको सुरक्षा समितिको बैठकसमेत बस्न लागेको जानकारी दिए। श्रेष्ठले प्रत्येक उम्मेदवारको साथमा प्रहरी सुरक्षाकर्मी व्यवस्था गरेको पनि बताए। ‘हामीले जिल्ला सुरक्षा व्यवस्था कडा बनाएका छौँ’, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘निरन्तर रूपमा बम आक्रमण बढ्दै गएकाले नयाँ सुरक्षा रणनीति लिने छौँ।’ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जिल्लामा सुरक्षा गस्तीसमेत बढाएको जिल्ला प्रशासनले जानकारी दिएको छ। यता, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले आफू अहिले गाईघाटबाहिर रहेको बताए। ‘हामीले सुरक्षा व्यवस्था नयाँ रणनीतिका साथ लैजाने तयारी गरेका छौँ’, उनले भने, ‘अहिले मतदान केन्द्रको अनुगमनमा रहेका छौँ।’ विद्युतीय एम्बुसभन्दा अघिल्ला बम आक्रमणलाई छिटपुट घटनाको रूपमा लिएको बताउने एसपी भट्टले थप सुरक्षा व्यवस्था बढाउने बताए। ‘कसरी पक्राउ गर्नु’, उनले भने, ‘बाटोमा झुक्याएर बम प्रहार गर्दै विद्युतीय एम्बुस पड्काएर भागी आक्रमणकारी जंगल पसिहाल्छन्।’ निर्वाचनविरोधी गतिविधिमा संलग्न छ जना पक्राउ जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हालसम्म निर्वाचनविरोधी गतिविधिमा संलग्न छ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध जिल्ला सदस्य पूर्णबहादुर कटुवाल, कमलामाया तामाङ, उद्यान प्रधान, श्याम भुजेल, बन्दना पौडेल छन्। यसैगरी माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष हुँ भन्दै निर्वाचनविरोधी गतिविधि गर्ने हिमाल राई पनि पक्राउ परेका छन्। आक्रमणकारी भन्छन्ः उदयपुर केन्द्रित छौँ चुनावको मिति नजिकिँदै जाँदा विप्लव नेतृत्वको पार्टी उदयपुर केन्द्रित रहेको नेकपा किरात राज्यका नेता बताउने भैरव दंगालले बताए। उनले चुनाव बिथोल्ने योजनामा सोलुखम्बु, खोटाङ, भोजपुर, ओखलढुंगाका जनशक्ति उदयपुरमा केन्द्रित गरेको बताए। ‘पहिलो चरणमा चुनाव सम्पन्न भएको जिल्लाबाट सबै कार्यकर्ता उदयपुर केन्द्रित गरेका छौँ’, उनले भने, ‘प्रहरीले विभिन्न जिल्लामा पक्राउ गरेका आप्mना कार्यकर्ता निशर्त रिहाइ नगरे आक्रमण बढ्दै जानेछ।’
Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
१३ मंसिर २०७४, बुधबार १४:२४
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
१३ मंसिर २०७४, बुधबार १४:२४
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
१३ मंसिर २०७४, बुधबार १४:२४
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
१३ मंसिर २०७४, बुधबार १४:२४
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१३ मंसिर २०७४, बुधबार १४:२४
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१३ मंसिर २०७४, बुधबार १४:२४
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१३ मंसिर २०७४, बुधबार १४:२४

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१३ मंसिर २०७४, बुधबार १४:२४
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१३ मंसिर २०७४, बुधबार १४:२४
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१३ मंसिर २०७४, बुधबार १४:२४
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?