काठमाडौं : नेपाली वायुसेवा कम्पनीले युरोपियन देशको आकाशमा उडान गर्न नपाउने गरी ‘एयर सेफ्टी लिस्ट’ (कालो सूची) मा सूचीकृत विषयलाई लिएर युरोपेली युनियनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छलफलमा बोलाएको छ।
ईयूले नेपाली वायुसेवा कम्पनीलाई युरोपको आकाशमा सन् २०१३ डिसेम्बर ६ देखि उडान प्रतिबन्ध लगाएको छ। युनियनको एक महिना अगाडि भएको छलफलपछि ईयूले जनवरी १५ स्न २०१८मा छलफलका लागि आफूहरूलाई बोलाएको प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले जनाकारी दिए। ‘प्राधिकरण ईयूको छलफलमा जान तयार छ’, उनले भने,‘प्राधिकरणले पछिल्लो समय हवाई सुरक्षाका विषयमा गरेको सुधारका विषयका ईयूलाई जानकारी गराउँछु।’
करिब ६ महिना अगाडि मात्रै विश्व नागरिक उड्डयन संगठन (आईकाओ) ले पनि एयर सेफ्टी लिस्ट (कालो सूची)बाट नेपालको त्रिभुवन विमानस्थललाई फुकुवा गरिसकेको अवस्था छ। ‘ईयूको छलफलमा चार वर्षदेखि युरोपियन देशको आकाशमा नेपाली वायुसेवा कम्पनीमाथि लगाएको प्रतिबन्ध फुकुवा हुनेमा प्राधिकरण विश्वस्त थियो’, उनले भने। इयूले छलफल लगतै अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदन्ड पूरा नगरेको भन्दा युरोपियन देश बाहिरका वायु सेवा कम्पनीको सूची सार्वजनिक गर्दा नेपालका ११ वटा वायुसेवा कम्पनीको नाम पनि सार्वजनिक गरेको छ।
ईयूले नेपाली वायुसेवा कम्पनीलाई युरोपको आकाशमा सन् २०१३ डिसेम्बर ६ देखि उडान प्रतिबन्ध लगाएको छ।
ईयूले सार्वजनिक गरेको सूचीमा नेपालका सबै वायुसेवा कम्पनीसहित विश्वका एक सय ७८ कम्पनी छन्। यसमा नेपाल एयरलाइन्स, बुद्ध एयर, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सिम्रिक एयरलाइन्स, सीता एयर, तारा एयर र यती एयरलाइन्स, एयर डाइनेस्टी, एयर काष्ठमण्डप, फिस्टेल एयर, गोमा एयर, हिमालय एयरलाइन्स, मकालु एयर, मनाङ एयर र मुक्तिनाथ हेलिकोप्टर्स रहेका छन्। ईयूको गम्भीर सुरक्षा चासोको सूचीबाट पनि नेपालले फुकुवा पाउने प्राधिकरणको अनुमान थियो।