एजेन्सी । १२ वर्षीया छोरीमाथि लगातार यौन शोषण गरेको आरोप एक बाबु पक्राउ गरेका छन्। ती व्यक्तिले १२ वर्षीया सौतेनी छोरीमाथि लगातार यौ शोषण गर्दै आएका थिए।
यो घटना अस्ट्रेलियास्थित सिडनीको हो। १२ वर्षीया छोरीमाथि यौन शोषणा गरेको आरोपमा तिमोथी जेम्स स्टीवार्ट नाम गरेका व्यक्तिलाई २४ वर्षको जेल सजाय सुनाइएको हो।
ती व्यक्तिमाथि बलात्कारसहित ९९ आरोपमा दोषी ठहर गरिएको छ। ती व्यक्तिले युवतीलाई ड्रग दिएर उनीहरुका बहिनी र आमामाथि दुव्र्यवहार गरेको आरोप पनि लागेको छ। उनले आफुलाई बचाउनका लागि अदालतमा छोरीसँगको यौन सम्बन्ध सहमतिमा भएको र आफूहरु पति पत्नी भएको समेत बताएका थिए।
छोरीले भने उक्त कुराको खण्डन गर्दै बाबुका कारण आफुलाई घरमा बस्नै गाह्रो भएको बताएकी थिइन्।