नारायणी उपक्षेत्रीय अस्पतालबाट शुक्रबार हराएको नवजात शिशु आइतबार प्रहरीले फेला पारेको छ। पर्सा जिल्लाको बेल्वा गाविस वार्ड नम्बर-९ बाट प्रहरीले आइतबार दिउँसो करिब साढे १ बजे लाल्सादेवीको घरबाट शिशु फेला पारेको हो।
प्रहरीका अनुसार बच्चालाई अहिले अस्पातलको आईसीयूमा राखिएको छ। यसबारे जानकारी दिन आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्दैछ।
वीरगन्ज उपमहानगरपालिका–१ छपकैयाकी आशादेवीको नवजात शिशु शुक्रबार अस्पतालको प्रसूति वार्डबाट हराएको थियो।