नेपाली युवती अष्टमी गुरुङ मृत्यु प्रकरणका आरोपी साइमन काजी पक्राउ परेका छन् । अरेवियन गल्फ क्लिनिङ कम्पनीमा सुपरभाइजर साइमन काजीलाई दुबई प्रहरीले पक्राउ गरेको हो ।
मृतक अष्टमीको मोबाइलमा भेटिएको भनिएको भिडियोमा साइमनले बलात्कार गरेको र आत्महत्या गर्न बाध्य पारेको रेकर्ड भएको बताइएको छ । सोहि भिडियोपछि साइमन घटनामा मुछिएका थिए । उक्त कम्पनीका नेपालीहरुले दिएको जानकारीअनुसार शनिबार साइमनलाई दुबई प्रहरीले नियन्त्रणमा लिएको हो । अन्य तीन नेपालीलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको भएपनि गएराती नै छाडिएको बताइएको छ ।
यता राजदुताबास आबुधावीका कार्यबाहक राजदुत नेत्रबहादुर टण्डलले मृतक अष्टमीले रेकर्ड गराएकी भिडियो अरबियन भाषामा ट्रान्सलेट गरि प्रहरी अनुसन्धान बिभागलाई बुझाइएको भएपनि थप जानकारी आउन नसकेको बताउनुभयो । अष्टमी मृत्यु प्रकरणका बारेमा न्युज २४ टेलिभिजनको सिधाकुरा जनतासँगमा प्रसारण समेत भएको थियो ।
data-mce-type=”bookmark” style=”display: inline-block; width: 0px;
overflow: hidden; line-height: 0;”
class=”mce_SELRES_start”></span>