काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ उक्त समारोहमा सरिक भएका थिए । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको समेत उपस्थिति रहेको थियो ।
संयुक्त राष्ट्रसंघको महासभाको ७३औँ अधिवेशनमा भाग लिन यहाँ आइपुगेका विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा मंगलबार राष्ट्रसंघको मुख्यालयमा महासचिव गुटेरेसले स्वागत समारोहको आयोजना गरेका हुन् ।समारोहमा दायाँ श्रीमती राधिका र परराष्ट्रमन्त्री ज्ञवाली तथा बायाँ प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका साथ बसेका प्रधानमन्त्री ओलीले छातीमा झुन्ड्याएको कार्ड उल्टो देखिएको छ । प्रधानमन्त्रीका सल्लाहकारले कस्तो लगाएका छन् हेर्नुपर्ने हो, तर त्यसमा ध्यान दिएको देखिएको छैन ।
यस्तै, परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तस्बिरमा परराष्ट्रमन्त्री ज्ञवालीको मुख बिगारेको देखाइएको छ । मन्त्रालयले अर्को तस्बिर सार्वजनिक गरेको भए पनि हुन्थ्यो, मन्त्री ज्ञवालीले केही बोल्दै गरेको बेला मुख चुच्चो पारेको तस्बिर बाहिर आएको छ । संयुक्त राष्ट्रसंघको महासभाको ७३औँ अधिवेशनको छलफल मंगलबारदेखि आरम्भ भएको छ । प्रधानमन्त्री ओलीले असोज ११ गते अपराह्न महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ । प्रधानमन्त्री ओली मंगलबार नै अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रूडले आयोजना गरेको अन्तरक्रियामा सहभागी भएका थिए ।
गणतन्त्र दिवसको शुभकामना किन… ?
गणतन्त्र दिवसको शुभकामना किन ? - दलितलाई 'कुकुर कामी' भनेर नागरिकता दिईन्थ्यो, जनयुद्धको जगमा स्थापित गणतन्त्रले त्यो नागरिकता च्यातेर कविराम...