अमेरिका — अमेरिकाको सिकागो राज्यस्थित ‘सिकागो मर्सी अस्पताल’मा एक बन्दुकधारीले गोली चलाउँदा ४ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा डाक्टर, फार्मासुटिकल सहयोगी, प्रहरी अधिरकारी र बन्दुकधारी आंफै रहेको बताइएको छ ।प्रहरीका अनुसार बन्दुकधारी सुरक्षाकर्मीसँगको भिडन्तमा मारिएका हुन् वा आत्महत्या गरेका हुन् भन्ने यकिन भएको छैन । एक प्रहरीको भने उनले बोकेको बन्दुकले गोली रोकेका कारण ज्यान जोगिएको बताइएको छ ।
बन्दुकधारीले किन गोलीबारी गरे भन्ने खुलेको छैन । प्रहरीले बन्दुकधारीले आफू प्रेम सम्बन्धमा रहेको युवतीलाई लक्षित गरेर गोली चलाएको हुनसक्ने अनुमान गरेपनि त्यो पुष्टि नभइसकेको जानकारी दिएको छ ।
गोलीबारीको समयमा अस्पतालमा उपस्थित बिरामीका आफन्तका अनुसार प्रहरीको सुझबुझका कारण धेरैजनाको ज्यान जोगिएको हो ।