अबको केही दिन मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण अबको केही दिन घाम कम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।
आकाशमा बादल रहेकाले न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्न सक्ने भएकाले चिसो बढ्न सक्ने उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकाको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस छ ।
यो हिजोको काठमाण्डौको न्यूनतम तापक्रम भन्दा बढी हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । पुस सुरु भएपछि बिहान बेलुका न्यूनतम तापक्रम कम भए पनि दिउँसो घाम लागेकाले अधिकतम तापक्रम घट्न नपाएकोले धेरै चिसोको महसुस भएको थिएन ।
न्यूनतम तापक्रम नघटे पनि चिसो हावा चल्दा र घाम नलाग्दा बढी चिसो महसुस हुन्छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको थियो ।
हिजो नै ओखलढुङ्गाको न्यूनतम ५ दशमलव ५ र अधिकतम १४ दशमव ७, धनकुटाको न्यूनतम ८ र अधिकतम १९ दशमलव ४, जोमसोमको न्यूनतम माइनस ३ र अधिकतम ११ र जुम्लाको न्यूनतम माइनस ५ र अधिकतम १४ डिग्री सेल्सियस रहेको थियो ।
अर्थमन्त्रीले दिए राजीनामा…
बेलायतका अर्थमन्त्री ऋषि सुनकले राजीनामा दिएका छन्। बिबिसीका अनुसार प्रधानमन्त्री बोरिस जोनसनसँग असहमति राख्दै सुनकले मंगलबार राजीनामा दिएका हुन्। सामाजिक...