मंसिर १०, २०७४-कुशे गाउँपालिका–१ का वडा अध्यक्ष गोपालबहादुर नेपाली अपहरणबाट मुक्त भएका छन् । वडाध्यक्ष नेपालीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ३ दिन अघि अपहरण गरेका थिए ।
नेपाली एक घण्टाअघि गाउँ नजिकैको जंगलबाट एक्कासी काफलपाटा मतदान स्थलमा आएको प्रमुख जिल्ला अधिकारी पुष्प राज शाहीले बताए । विप्लव कार्यकर्ताले प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई बहिष्कार गर्न लगाउने उद्देश्यले नेपालीलाई अपरण गरेका थिए ।