एजेन्सी, माघ २६—अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अदालत नजिकै मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तिमा १२ जनाको मृत्यु भएको अफगानी अधिकारीले बताएका छन् । सो घटनामा परी कम्तिमा १२ जना घाइते भएको बताइएको छ ।
एक जना आत्मघाती आक्रमणकारीले अदालतका कर्मचारीलाई लक्षित गरी विस्फोट गराएको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।आक्रमणकारी पैदल अदालत परिसरमा प्रवेश गरेको र अदालतको गाडी पार्किङ क्षेत्रमा विस्फोट गराएको बताइएको छ । घटनामा १२ जनाको मृत्यु भएको र झन्डै सोही सङ्ख्यामा घाइते भएको पुष्टि गरेपनि यस घटनाकारे विस्तृत विवरण प्राप्त भैनसकेको बताइएको छ ।