जापान एयरलाइन्सका ४२ वर्षीय विमानचालक कात्सुत्वोसी जित्सुकावा २८ अक्टोबरका दिन मापसेको जाँचमा फेल भएपछि पक्राउ परेका हुन्।
उनको रगतमा १०० एमएल रगतमा मदिराको मात्रा १८९ एमजी रहेको पाइएको थियो। बेलायतमा पाइलटलाई २० एमजीसम्म छुट हुन्छ।
उनले आफूले अत्याधिक मद्यपान गरेर विमान उडाउन खोजेको अक्सब्रिज म्याजिस्ट्रेट कोर्टमा स्वीकार गरेका थिए। जापानी समाचार संस्था एनएचकेका अनुसार चालकदलका सदस्यहरुलाई विमानसम्म पुर्याउने बसका ड्राइभरले पाइलटले मदिरा पिएका थाह पाएपछि प्रहरीलाई खबर गरेको उल्लेख गरेका छ।
जित्कुकावा जापान एयरलाइन्सको टोकियो उडान भर्न लागेको विमानका को-पाइलट थिए। जापान एयरलाइन्सले उक्त घटना प्रति माफी माग्दै आगामी दिनमा यस्तो हुन नदिन कार्य गर्ने प्रतिवद्धता जनाएको छ।
बेलायत, वेल्स र उत्तरी आयरल्याण्डमा मद्यपान गरेर गाडी चलाउने पाइने विन्दु ८० एमजी छ भने पाइलटका लागि यो विन्दु मात्र २० एमजी छ।
यसअघि ब्रिटिस एयरवेजका पाइलट जुलियन मोनागनको रगतमा मदिराको मात्रा ८६ एमजी रहेको पाइएपछि उनलाई ८ महिना कारावासको सजाय भएको थियो।